फिलिपिन्समा आँधीमा परी मृत्यु हुनेको संख्या २७ पुग्यो

२०७९ माघ १, आईतवार १६:०३ बजे

एजेन्सी : वर्षको सुरुदेखि नै कम्तीमा तीनवटा आँधीका कारण देशभर २७ जनाको ज्यान गएको नागरिक रक्षा कार्यालयले आइतबारको प्रतिवेदनमा जनाएको छ ।

एघार जना घाइते भएका र तीन जना बेपत्ता रहेका बताइएको छ । राज्यको मौसम पूर्वानुमानकर्ता पीएजिएएसएले आइतबार लुजोनको मुख्य टापुको दक्षिणी छेउमा रहेको बिकोल प्रायद्वीप र क्वेजोन प्रान्तमा भारी वर्षाको चेतावनी दिएको छ । “यी अवस्थाहरूमा, बाढी र वर्षा–प्रेरित पहिरोको सम्भावित क्षेत्रहरूमा उच्च जोखिममा रहेका पीएजिएएसएका अधिकारीले जानकारी दिएका छन् ।

८३ हजार भन्दा बढी मानिस विस्थापित केन्द्रहरूमा आश्रय लिएर बसेका र बाढी र भारी वर्षाका कारण १२ सय भन्दा बढी घरमा क्षति पुगेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । फिलिपिन्स जलवायु परिवर्तनका प्रभावहरूका लागि सबैभन्दा जोखिममा परेका राष्ट्रहरु मध्ये परेको वैज्ञानिकहरूले चेतावनी दिएका छन् । आँधीहरू अझ शक्तिशाली बन्दै गएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार