नेपाल जाउँ भन्दै इन्स्टाग्राममा फोटो राखेकी थिइन् इलिनाले

२०७९ माघ १, आईतवार १८:५८ बजे

काठमाडौं : रुसी नागरिक इलिना बान्डुरोले नेपाल आउँदै गर्दा नेपाल जाउँ भन्दै इन्स्टाग्राममा स्टोरी राखेकी थिइन्। उनी शनिबार मात्र नेपाल आइपुगेकी थिइन् ।

नेपाल आएपछि पोखरा जाँदै गरेकी उनले इन्स्टाग्राम स्टोरीमा माछापुच्छ्रेको फोटोसँग आफ्नो फोटो राख्दै ‘गो टु नेपाल’ लेखेकी थिइन् ।

दुर्घटनामा परेर १५ जना विदेशी नगारिकको मृत्यु भएको छ । जसमा चार जना रुसी नागरिकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ५ जना भारतीय नागरिक, २ जना दक्षिण कोरियाली नागरिक, एक जना आयरल्याण्डका नागरिक, एक जना फ्रान्सेली नागरिक र एक जना अष्ट्रेलियन र एक जना अर्जेन्टिनी नागरिक रहेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार