उपचारका लागि भन्दै आरजु पुगिन् दिल्ली, बिशेष राजनीतिक भेटवार्ता हुने सम्भावना

२०७९ माघ १, आईतवार १९:१५ बजे

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नि एवं कांग्रेस केन्द्रीय सदस्‍य आरजु राणा देउवा नयाँ दिल्ली गएकी छन् ।

आरजु निकट एक केन्द्रीय सदस्यका अनुसार स्वास्थ्य उपचारको नियमित फ्लो अपमा उनी आइतबार (आज) दिल्ली गएकी हुन् । ‘फ्लो अपमा जान ढिलो भइसकेको थियो । उपचारका लागि जानुभएको हो,’ उनले भने ।

आरजुको गत साउनमा नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा पाठेघरको शल्यक्रिया गरिएको थियो । उपचारकै क्रममा आरजुले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेलाई भेटेकी थिइन् । यस पटक पनि उनले बिशेष राजनीतिक भेटवार्ता गर्ने सम्भावना रहेको कांग्रेस स्रोतले दावी गरेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार