पोखरा घुमेर पर्वत जान हिडेका तारकेश्वर निबासी पौडेल बाबुछोरीको पोखरा विमान दुर्घटनामा निधन

२०७९ माघ १, आईतवार २१:०१ बजे

काठमाडौं : पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाउनेमा काठमाडौं जिल्ला तारकेश्वर नगरपालिका वडा नं. ९ नवीन नगरका बाबु छोरी रहेका छन् । निजको स्थायी घर भने पर्वतको कुश्मा नगरपालिका वडा नं. ९ कटुवा चोपरी रहेको छ ।

नवीन नगरका उपभोक्ता तथा सामाजिक व्यक्ति ४६ वर्षका अरुण पौडेल र उनकी छोरी वर्ष ११ कि प्रसिद्धि पौडेलको मृत्यु भएको छ ।

काठमाडौंको बृहस्पति विद्याश्रममा कक्षा ५ मा पढ्ने छोरी प्रसिद्धि जाडो बिदाको अवसरमा पोखरा घुम्न र जन्मघर पर्वत आउने क्रममा उनीहरू दुर्घटनामा परेका हुन् ।

‘छोरीको स्कूल बिदा भएकाले दाजुभाइ भेटघाट घरायसी कार्यक्रमले गर्दा ४–५ दिन छोरीसहित पोखरा गएका अरुणका घरमा भाडामा बस्ने एक जनाले जानकारी दिएका छन् । उनकाअनुसार बिहान ९ बजेतिर छोरी लिएर ट्याक्सीमा गएका पौडेलले विगतमा पेखरा जाँदा जहिल्यै बुद्ध एयरको जहाज चढ्ने गरेतापनि यसपटक यति यएरमा गएको बताएका छन् ।

मृतकका श्रीमती सुत्केरी भएकाले माइतिमा गएको अवस्थामा भाडामा बस्नेलाई घर हेरचाहको जिम्मा दिएर पोखरा गएका थिए ।

अरुणले छोरी प्रशिद्धिलाई आज पोखरामा घुमाउन आफ्ना भाई केशवलाई बच्चासहित पोखरा विमानस्थल बोलाएका थिए । आज दिनमा पोखरा घुमेर साँझ घर जाने योजना बनाएको बुझिएको छ ।

दुर्घटना भएपछि भाई केशवले नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएर अरुण र प्रसिद्धिको शवको पहिचान गरेका थिए ।

मृतक पौडेल ९ वर्ष कोरियामा बसेर फर्केका थिए । उनले कोरियाबाट फर्केपछि बुटवलमा विद्यालय समेत खोलेका थिए । राजनीति र व्यवसायप्रति चासो दिने पौडेल मंसिर ४ मा भएको संघ तथा प्रदेशको निर्वाचनमा पर्वतबाट स्वतन्त्र उम्मेदवार रहेका थिए । कोरियाबाट फर्केपछि काठमाडौंमा घर बनाई २ छोरी र श्रीमतीसँग बस्दै आएका थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार