२ वर्षदेखि भाडा नतिर्ने २६ व्यवसायीलाई १५ दिनभित्र घर टहरा खालि गर्न निर्देशन

२०७९ चैत्र १, बुधबार १०:०३ बजे

काठमाडौं : काठमाडौं महानगरपालिकाले २ वर्षदेखि घाडा नतिर्ने २६ व्यवसायीलाई १५ दिनभित्र खालि गर्न निर्देशन दिएको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर २६ गोंगबु स्थित गल्फ रियल स्टेटको नाममा रहेको जग्गामा निर्मित घरटहरामा सञ्चालन भएका व्यवसायहरुलाई १५ दिनभित्र खालि गर्न निर्देशन दिएको हो ।

गोंगबु स्थित गल्फ रियल स्टेट प्रा.लि.को नाममा दर्ता कित्ता नम्बर २२७, ७७ २९० २९२, २९४, २२४, २२६, २९५ र ७९ मा नक्सा पास नगरी निर्माण भएका घर टहराहरुमा व्यवसाय संचालन गरिरहेका व्यवसायीहरुलाई १५ दिनभित्र खालि गर्न भनेको हो ।

साथै व्यवसायीहरुले करिब २ बर्षदेखि भाडा रकम नतिरी जवरजस्ती स्थान ओगटेको र भाडा रकम माग्दा विभिन्न धाक धम्की दिने गरेको महानगरपालिकाले बताएको छ । नेपालको संविधान प्रदत्त सम्पत्ति सम्बन्धी हक उपभोग गर्नबाट जग्गा धनी वञ्चित हुन पुगेको महानगरपालिकाले जनाएको छ । काठमाडौं महानगरपालिका घर बहाल व्यवस्था निर्देशिका २०७९ को दफा २७ उपदफा ३ बमोजिम विभिन्न २६ जनालाई १५ दिन भित्र उपस्थित हुन अनुरोध गरेको छ ।

उक्त जग्गामा घरटहरा बनाएर व्यवसाय सञ्चालन गरिरहेका न्यू बेबी ल्यान्ड, राजकुमार थापा, राजेन्द्र कुमार ओझा, रुद्र, राम लामा, लकी सुज, भिम बि.क., प्रदिप खड्का, सन्तोष सिवाकोटी, गणेश शाक्य, नारायण गौतम, राजेन्द्र दवाडी, बिग थकाली, सन्तोष घिमिरे, ब्युटी पार्लर, सुष्मा घिमिरे, प्रदिप सुवेदी, दिपेन्द्र आचार्य, सुरेन्द्र ठाकुर, के.पी. बर्ताैला, बिरेन्द्र गुरुङ, लाल कुमार आचार्य, रिना, आई.एम.ई., हजुरको खाजा घर र माईको बस समितिलाई १५ दिनभित्र खालि गर्ने भनेको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार