
जनकपुरधाम : महोत्तरी रामगोपालपुर नगरपालिका ५ का नेहा चौधरीका ससुरा रामप्रवेश चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । गत आइतबार महोत्तरी प्रहरीले मनरासिस्वा नगरपालिका २ बाट पक्राउ परेका ६० वर्षीय चौधरीलाई जिल्ला अदालत महोत्तरीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
मंगलवार जिल्ला अदालत महोत्तरीका न्यायाधीश बाबुराम सुवेदीको एकल इजलासले चौधरीलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो । जिल्ला अदालतको चार नम्बर इजलासमा थुनछेक बहस भएपछि चौधरीलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको जाहेरीवालाको तर्फबाट बहस गरेकी अधिवक्ता रिंकु कुमारी यादवले जानकारी दिइन् ।
जाहेरीवालाको तर्फबाट जिल्ला न्यायाधीवक्ता मनोज कुमार गुप्ता र अधिवक्ता रिंकु कुमारी यादवले बहस गरेका थिइन् । चौधरीविरुद्ध अभियोग पत्र दर्ता भएपछि मंगलबार जिल्ला अदालतमा बहस भएको थियो । चौधरीलाई थुनामा पठाउने की धरौटीमा छाड्ने विषयमा बहस भएपछि अदालतले पुर्पक्षको लागि उनलाई थुनामा पठाउने आदेश दिएको अधिवक्ता यादवले जनाइन् ।
२०७८ फाल्गुन २५ मा नेहा र डा.चौधरीबीच सामाजिक परम्परा अनुसार विवाह भएको थियो । विवाहमा नेहाको परिवारले दाइजोमा २० तोला सुनका गहना र ५१ लाख नगद दिएको थियो । तर पनि दाइजो नपुगेको भन्दै ससुरा पक्षले अझैँ दाइजो ल्याउन यातना दिन थालेको नेहाको आरोप छ ।
गत दशैं टिकाको दुईदिनपछि नेहालाई श्रीमान् पङ्कजले निर्घात कुटपिट गरेपछि माइती पक्षले उनलाई उद्धार गरी अस्पताल पुर्याएको थियो । उपचारपश्चात् स्वास्थ्यमा सुधार आएपछि उनी श्रीमान्, सासू, ससुरा र नन्दसहित ६ जनामाथि मुद्दा दायर गराएकी हुन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।