प्रवेश कटवाल राष्ट्रिय टोलीको सहायक प्रशिक्षक नियुक्त

२०७९ चैत्र १, बुधबार १०:१९ बजे

काठमाडौँ : प्रवेश कटवाल राष्ट्रिय फुटबल टोलीका सहायक प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले कटवाललाई सहायक प्रशिक्षक नियुक्त गरेको हो ।

कटवाल यसअघि गत कात्तिकमा घरेलु मैदानमा भएको पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा मुख्य प्रशिक्षक थिए । त्यस्तै एन्फाले विनोद डङ्गोललाई गोलकिपर प्रशिक्षकको रूपमा नियुक्त गरेको छ ।

नेपाली राष्ट्रिय टोलीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा थ्री नेसन्स कप खेल्दैछ । थ्री नेसन्स कप चैत ८ देखि १७ गतेसम्म चल्नेछ । थ्री नेसन्स कपमा नेपाल सहित लाओस र भुटान सहभागिता छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार