बिहे गर्न नमानेको रिसमा आमाबाबुले गरे १८वर्षकी छोरी मारेर गायब, १ वर्षपछि भेटियो लाश

२०७९ चैत्र १, बुधबार १३:३२ बजे

फाइल फोटो

काठमाडौं : इटालीमा एक पाकिस्तानी परिवारले आफ्नी १८ वर्षीया छोरीको हत्या गरेको छ । कारण एउटै थियो कि शिक्षित केटीले पकिस्तान आउन र परिवारको इच्छा अनुसार विवाह गर्न मानिनन्। परिवारले विवाहका लागि दबाब दिएपछि अस्वीकार गर्दा हत्या गरी शव बेपत्ता पारिएको थियो । एक वर्ष पछि इटालीमा युवतीको कंकाल फेला परेपछि फेरि एकपटक पाकिस्तानी परिवारको यो हत्या र बर्बरताको युरोपभर चर्चा भइरहेको छ ।

यस घटनालाई लिएर इटालीका प्रधानमन्त्रीले पनि बयान दिएका छन् । उनले ट्विट गर्दै ‘निर्दोष युवतीलाई न्याय दिइनेछ’ भनेका छन् । १८ वर्षीय समन अब्बास इटालीको नोभेलेरा सहरमा आफ्नो परिवारसँग बस्दै आएकी थिइन् । उनका परिवारका सदस्यहरू पुरानो सोचका थिए।

आफ्नी छोरीको बिहे युरोपमा होस् भन्ने उनीहरू चा’हँदैनथे । उनीहरुले उनलाई पाकिस्तानमा बिहे गर्न दबाब दिइरहेका थिए । नमानेपछि परिवारका सबै मिलेर समनको हत्या गरेका थिए । समनको हत्यालाई लिएर अनेक किसिमका कथा बाहिर आइरहेका छन् । युरोपेली मिडियामा समनका परिवारका सदस्यले उनको प्रेमीबारे थाहा पाएको दाबी पनि भइरहेको छ । जसका कारण उनले समनको हत्या गरेका हुन् ।

अप्रिल २०२१ मा, समन अचानक बेपत्ता भइन् । उनी प्रेमीसँग भागेको उनको परिवारका सदस्यले बताएका थिए । जबकि पुलिसले उनीहरूको कुरामा शंका गरेको थियो । यसैबीच, सम्पूर्ण परिवार इटाली छोडेर भागे। समनका बुवा पाकिस्तानमा र हत्यामा संलग्न उनका काका फ्रान्समा पक्राउ परेका थिए । उनकी आमा अझै बेपत्ता छिन् । उनी पाकिस्तानमा कतै लुकेर बसेको बताइएको छ ।

अनर किलिङका लागि पाकिस्तान विश्वभर कुख्यात छ । केही वर्षअघि कन्दील बलोचको चर्चित केस यहाँ प्रकाशमा आएको थियो, जसमा मोडलका भाइले सामाजिक सञ्जालमा तस्बिर र भिडियो सेयर गरेको कारण रिसाएर उनको हत्या गरेका थिए। पाकिस्तानको मानव अधिकार आयोगको प्रतिवेदन अनुसार गत वर्ष देशभर ४७४ वटा अनर किलिंगका घटनाहरू रिपोर्ट गरिएका थिए। जबकि गैर-सरकारी तथ्याङ्क अनुसार यो संख्या बर्सेनि एक हजारको हाराहारीमा छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार