विमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थपियो

२०७९ चैत्र १, बुधबार १६:१९ बजे

काठमाडौँ : गत माघ १ गते त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखरामा दुर्घटनाग्रस्त हुँदा ७२ जनाले ज्यानको मृत्यु भएको थियो । 

सरकारले यती एयरको विमान दुर्घटनासम्बन्धी जाँच आयोगको म्याद ४५ दिन थप्ने निर्णय गरेको छ । सरकारले यती एयरलाइन्सको विमान दुर्घटनासम्बन्धी जाँच आयोगको म्याद थपेको छ ।

मंगलबार मन्त्रिपरिषद्को बसेको बैठकको निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले आयोगको म्याद ४५ दिन थप्ने निर्णय गरेको जानकारी दिइन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार