
पोखरा : पोखरामा चितुवाको आक्रमणबाट २ जना घाइते भएका छन् । बिहान पोखरा १८ भकुण्डेमा ध्रुव थापा लगायतले सञ्चालन गरेका तुल्सीकुञ्ज कालिज फार्ममा चितुवा पसेको र सोही फार्ममा काम गर्ने २ जनालाई आक्रमण गरेको प्रहरीले जनाएको छ ।
चितुवाको आक्रमणबाट रुपा ४ का २८ वर्षीय श्रीकृष्ण मल्ल ठकुरी र पोखरा ३२ का राजेश तिमिल्सीना घाइते भएका हुन् । उनीहरूको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको बैदाम प्रहरीका प्रमुख वेद जोशीले जानकारी दिए । उनका अनुसार दुवैजनाको अवस्था अहिले सामान्य छ ।
उनीहरूको गाला र आँखामा चोट छ । चितुवालाई नियन्त्रणमा लिने प्रयास गरिरहेकोमा आफै मरेको अवस्थामा झाडीमा फेला परेको प्रहरीले जनाएको छ । वन कार्यालय, स्थानीय र प्रहरीले चितुवा नियन्त्रणको प्रयास गरेका थिए । मरेको चितुवा वन कार्यालयलाई जिम्मा दिइएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।