महोत्तरीमा आगलागी हुँदा एक जनाको मृत्यु, एक घाइते

२०७९ चैत्र १, बुधबार २०:४६ बजे

महोत्तरी : महोत्तरीको वल्वास्थित परौल टोलमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।मृत्यु हुनेमा सोही ठाउँका ५० वर्षीय चन्दनदेवि र घाइते हुनेमा ५२ वर्षीय जयकरण यादव रहेको प्रहरीले जनाएको छ ।

स्थानीय रामसागर यादवको घरमा लागेको आगोमा परी  घाइते भएका दुवै जनालाई स्थानीय र प्रहरीले तत्काल उदार गरी प्रादेशिक अस्पताल जनकपुर पुर्‍याएका थिए । घाइतेमध्ये चन्दन देवीको उपचारको क्रममा मृत्यु भएको हो भने जयकरण यादवलाई थप उपचारको लागि काठमाडौँ लगिएको छ ।

रामसागर यादवको घरको भान्साबाट एक्कासी लागेको  आगलागीबाट उनको झण्डै ८० हजार बरावरको क्षति समेत भएको छ । यादवको भित्र राखेको भाँडाकुँडा र लत्ताकपडा पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार