विमान दुर्घटनाको शोकमा आज सार्वजनिक बिदा, नेप्से पनि बन्द रहने

२०७९ माघ २, सोमबार ०९:२३ बजे

काठमाडौं : सेयर बजार आज (सोमबार) पनि बन्द हुने भएको छ। आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा आज सरकारले बिदा दिएको हो। आज सरकारले शोक बिदा दिइएको हुनाले सेयर बजार बन्द रहने भएको छ।

अव मंगलबार बिहान ११ बजे मात्र सेयर बजार खुला हुने भएको छ। यसअघि बिहीबार नेप्से सूचक ४१.०४ अंकले घटेर २१४९.३९ विन्दुमा पुगेको थियो।

दुघर्टनाग्रस्त विमान चालक दलका ४ सदस्यसहित ७२ यात्रु सवार थिए। हिजो साँझसम्म ६८ वटा शव घटनास्थल सेतीको खोँचबाट बाहिर निकालेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार