यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

२०७९ माघ २, सोमबार ०९:२५ बजे

काठमाडौँ : नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद मुल्य १२९ रुपैयाँ ८३ पैसा र विक्री मूल्य १३० रुपैयाँ ४३ पैसा तोकिएको छ।

यता, युरोपियन युरोको मूल्य एकको खरिददर १४० रुपैयाँ ६१ पैसा र विक्री दर १४१ रुपैयाँ २६ पैसा कायम रहेको छ। अष्ट्रेलियन डलर एकको खरिदर ९० रुपैयाँ ५८ पैसा र बिक्रीमा ९१ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९० पैसा र बिक्रीदर ९७ रुपैयाँ ३५ पैसा, सिंगापुरे डलर एकको खरिददर ९८ रुपैयाँ ४० पैसा र विक्री दर ९८ रुपैयाँ ८६ पैसा रहेको छ।

जापानी येनमा १० एकको खरिदमा १० रुपैयाँ १५ पैसा र विक्रीमा १० रुपैयाँ २० पैसा, चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ ३७ पैसा र बिक्रीदर १९ रुपैयाँ ४६ पैसा रहेको छ।

यता, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३४ रुपैयाँ ५७ पैसा र बिक्री मूल्य ३४ रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६१ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ९४ पैसा र बिक्रीदर २९ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार