‘भष्मे डन’मा स्वस्तिमा खड्का अनुबन्धित

२०७९ माघ २, सोमबार ०९:३३ बजे

काठमाडौँ : निर्देशक दीपेन्द के खनालको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘भष्मे डन’को मुख्य अभिनेत्रीमा स्वस्तिमा खड्का अनुबन्धित भएकी छन्। आइतबार निर्माण टिम र अभिनेत्री खड्काबीच लिखित सम्झौत भएको छ।

फिल्मलाई दीपेन्द्र र खगेन्द्र लामिछानेले मिलेर निर्माण गर्दैछन्। यो फिल्ममा स्वस्तिमा बिपिन कार्की अर्थात ‘भष्मे डन’को अपोजिटमा प्रस्तुत हुनेछिन्। स्वस्तिमा र विपिनका साथमा सौगात मल्ल, रविन्द्रसिंह बानियाँ, प्रकाश घिमिरे लगायतका कलाकार पनि फिल्ममा देखिनेछन्।

‘पशुपति प्रसाद’को चर्चित पात्र ‘भष्मे डन’माथि ‘स्पिनअफ’ निर्माण हुन लागेको हो। ‘पशुपति प्रसाद’मा पशुपतिको चरित्र निभाएका खगेन्द्र भने सिनेमाको पर्दामा देखिने छैनन्। ‘पशुपति प्रसाद’मा पशुपति मरेपछि सिनेमा सकिएको थियो। ‘पशुपति प्रसाद’मा विपीनले गरेको क्यारेक्टर ‘भष्मे डन’ लोकप्रिय भएको थियो।

सिनेमाको कथा खगेन्द्र लामिछानेले लेखेका छन्।

आगामी फागुन १२ गतेदेखि पशुपतिनाथ मन्दिर वरपर सिनेमाको छायांकन हुनेछ। ‘पशुपति प्रसाद’पछि दीपेन्द्र र खगेन्द्रले सहकार्य गर्न लागेका हुन्। आगामी दशैंमा फिल्म रिलिज गर्ने योजना छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार