क्रिकेटर राहुलले अभिनेता सुनिल शेट्टीकी छोरीसँग विवाह गर्दै

२०७९ माघ २, सोमबार १०:५७ बजे

काठमाडौं : क्रिकेटर केएल राहुल विवाह बन्धनमा बाधिँने भएका छन् । उनले बलिउड अभिनेता सुनिल शेट्टीकी छोरी अथिया शेट्टीसँग विवाह गर्न लागेका हुन् ।

भारतिय मिडियाका अनुसार उनीहरु लामोसमय देखि प्रेमसम्बन्धमा रहेका छन् । विवाहको कुरा चलेपनि विवाहको मिति दुवैको परिवारले खुलाएका छैनन् छैन । विवाहको तयारी भने थालिएको छ र विवाह शेट्टीको खण्डाला बंगलामा गरिने बतायएको छ ।

यो जोडीले २३ जनवरीमा विवाह गर्ने बताइएको छ । हल्दी, मेहन्दी र संगीतको कार्यक्रम २१ र २२ गते गर्ने बताइएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार