
काठमाडौं : सुनको मूल्य हालसम्मकै महँगो बनेको छ । केहि दिनयता लगातार बढेको सुनको मूल्यले नयाँ उचाइ कायम गरेको हो । सोमबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले बढेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले बढेर १ लाख ५ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १४ सय रूपैयाँ कायम भएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।