जेलबाट ननिस्किँदै पल शाहको नाममा फिल्म घोषणा

२०७९ माघ २, सोमबार १२:३४ बजे

काठमाडौँ : एघार महिनादेखि कारागारमा रहेका पल शाहलाई लिएर फिल्म निर्माणको घोषणा भएको छ। नबालिग बलात्कार अभियोगमा तनहुँ कारागारमा रहेका पललाई लिएर ‘ओ सजन’ नामको फिल्मको घोषणा भएको हो।

यो फिल्ममा पलसँग कविता रायले स्क्रिन सेयर गर्नेछिन्। कविता एकताका पलसँग नाम जोडिएकी मोडलसमेत हुन्। कविता र पलललाई लिएर निर्माण गरिने यो फिल्मको नाम चलचित्र विकास बोर्डमा दर्ता गरिएको छ।

यो फिल्म कविता रायले नै निर्माण गर्न लागेकी हुन्। कविताले फिल्मका लागि पलसँग कानुनी झमेला पर्नुअगाडि नै सम्झौता भएको बताएकी छन्। फिल्म शिवम् अधिकारीले निर्देशन गर्नेछन्। पल जेलबाट छुट्नासाथ यो फिल्ममा काम गर्ने अधिकारीको दाबी छ।

उनले पलले पाएको साढे २ वर्षको हिसाब गरेर फिल्मको तयारी थालेको बताएका छन्।

पलविरुद्ध तनहुँ र नवलपुर जिल्ला प्रहरी कार्यालय गरी दुई ठाउँमा नाबालिग बलात्कार अभियोगमा मुद्दा परेको थियो। जसमध्ये नवलपुर जिल्ला अदालतले शाहलाई जबर्जस्ती करणी मुद्दामा सफाइ दिँदै बाल यौन दुरुपयोग कसुरमा साढे २ वर्ष कैद सजायको फैसला गरेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार