दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

२०७९ माघ २, सोमबार १३:२८ बजे

दाङ : दाङमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका वडा नं. १६ लेटारका २१ वर्षीय चालक सुशील चौधरी र घोराही- १८ का विवेक चौधरीको मृत्यु भएको हो।

चालक सुशीलको घटनास्थलमै र विवेकको उपचारका क्रममा सोमबार बिहान साढे पाँच बजेतिर मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले जानकारी दिए।

उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पुर्‍याएलगत्तै चिकित्सकले चालक सुशीललाई मृत घोषणा गरेका थिए।

घोराही–१६ बेसाइ गाउँबाट सर्रा–सौडियार खण्ड अन्तरगत सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा ५ प ९५१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

डिएसपी गौतमका अनुसार मोटरसाइकलमा सावर दुबै जनाले मापसे गरेका थिए।

चालकको साथबाट सवारी चालक अनुमति पत्र वा सवारी धनी कागजात केही पनि फेला नपरेको प्रहरीले जनाएको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार