गर्भवती महिलालाई गाउँमै स्वास्थ्य सेवा

२०७९ माघ २, सोमबार १५:५५ बजे

हुम्ला : हुम्लाको दुर्गम सर्केगाड गाउँपालिकाको तीन स्वास्थ्य चौकीमा एक सय छ गर्भवती महिलाको अल्ट्रासाउन्डसहित स्वास्थ्य जाँच गरिएको छ ।

गाउँघरका गर्भवती महिलाको सामान्य गर्भ जाँच मात्र हुँदै आएकामा जिल्लाको मध्यभागमा रहेको उक्त गाउँपालिकाको रोडिकोट, सर्केगार्ड र रिप स्वास्थ्य चौकीमा जिल्ला अस्पतालका दक्ष जनशक्तिसहितले अल्ट्रासाउन्डसहित गर्भ जाँच गरेका अस्पतालका सिनियर अनमी सरिता बोहराले बताइन् । तीन दिनसम्म सञ्चालन गरिएको शिविरमा एक सय ६भन्दा बढी गर्भवतीको जाँच गरिएकामा ११ जनाको पाठेघर खसेको र दुई जनाको गर्भमा रहेको शिशुको टाउको उल्टो रहेको पत्ता लागेको अनमी बोहराको भनाइ थियो ।

रोडिकोट स्वास्थ्यचौकीमा ५०, सर्केगाडमा ३० र रिपको लिप्ने स्वास्थ्यचौकीमा २६ जनाको उपचार गरिएको थियो । पाठेघर खसेको गर्भवतीको स्वास्थ्य चौकीमै उपचार गरिए पनि शिशुको टाउको उल्टो रहेको गर्भवती महिलालाई तत्काल जिल्ला अस्पताल आउन सुझाव दिइएको थियो ।

आज खार्पुनाथ गाउँपालिकामा गर्भवती महिलाको स्वास्थ्य जाँच गरिने भएको छ

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार