
पोखरा : गण्डकी प्रदेशसभाको उपसभामुखको दोस्रो कार्याकालका लागि नेकपा एमालेकी विनाकुमारी थापा निर्वाचित भएकी छन् ।
प्रदेशसभाको सोमबार बसेको बैठकमा उपसभामुखका लागि भएको मत बिभाजनमा थापाको पक्षमा ३२ मत प्राप्त भएको छ भने विपक्षमा २६ मत प्राप्त झरेको थियो । थापालाई एमालेका २२, माओवादी केन्द्रका ७, राप्रपाका २ र स्वतन्त्र सांसदले पक्षमा मत दिएका थिए ।
लमजुङबाट कांग्रेस सांसद पार्वती तामाङले उपसभामुखमा उम्मेदवारी दिएकी थिइन् । उनी पराजित भईन् ।नवनिर्वाचित सभामुख कृष्ण धितालका अनुसार प्रदेशसभाको बैठकमा ५८ सांसद सहभागी रहेका थिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।