रास्वपाबाट मन्त्री छान्ने जिम्मा रविलाई

२०७९ माघ २, सोमबार २०:३७ बजे

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मन्त्री बन्नेहरुका सन्दर्भमा निर्णय गर्ने अधिकार सभापति रवि लामिछानेले पाएका छन् ।

रास्वपाको सोमबार बसेको संसदीय दलको भर्चुअल बैठकले विज्ञता हेरेर मन्त्री छान्ने अधिकार सभापति लामिछानेलाई दिएको हो ।

‘पार्टीका तर्फबाट सत्ता साझेदार दलहरुसँग छलफल गर्ने पनि सभापति नै हो । यसकारण पनि उहाँलाई मन्त्री छान्ने अधिकार दिइएको हो’ रास्वपाका केन्द्रीय सदस्य सोबिता गौतमले जानकारी दिइन् । लामिछाने उपप्रधानसहित गृहमन्त्री छन् ।

स्वयम् सोबिताले आफू पनि मन्त्रीको आकांक्षी रहेको बताइन् । ‘कानुन मन्त्रालय हुँदा काम गर्न सकिन्छ । अन्य मन्त्रालयमा जाने चाहना छैन। त्यसो हुँदा उपसभामुखमा रुची रहेको कुरा राखेको छु’ गौतमले भनिन् ।

रास्वपाले जम्मा ३ वटा मन्त्रालय पाउने सम्भावना रहेको नेताहरु बताउँछन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार