
काठमाडौं : तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । प्रुडेन्सियल इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स र स्वाभिमान लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण प्रयोजनका लागि चैत ३ गते बुकक्लोज गर्ने भएसँगै आज कायम शेयरधनीहरुले मात्रै यी तीनवटा कम्पनीको लाभांश पाउनेछन् ।
प्रुडेन्सियल इन्स्योरेन्सले गत आव २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कायम चुक्तापुँजीको ३।३२५ प्रतिशत बोनस शेयर ९कर बाहेक० वितरण गर्ने प्रस्ताव गरेको छ । सो प्रस्तावित लाभांश पारित गर्न कम्पनीले चैत १६ गते दियालो लर्डस प्लाजा, बीरगंज, पर्सामा दिनको १२ः३० बजे बस्नेगरी २१औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई कायम चुक्तापुँजीको २।७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०।१४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश पारित गर्न कम्पनीले चैत २९ गते बानेश्वर ब्याङ्क्वेट थापागाउँ, काठमााडौंमा बिहान ११ बजे बस्नेगरी २९औं साधारण सभा डाकेको छ ।
त्यस्तै, स्वाभिमान लघुवित्तले पनि गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १।०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । सो लाभांश पारित गर्न संस्थाले चैत ११ गते शनिबार डार्सिज इन्टरनेशनल होटल, बुटवल, रुपन्देहीमा बिहान ११ बजे बस्नेगरी छैठौं साधारण सभा आह्वान गरेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।