
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेल खेल्न लागेको नेपाललाई सफलताको कामना व्यक्त गरेका छन् ।
खेल सुरु हुनु अघि सामाजिक सञ्जालमा ओलीले लेखेका छन् मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो । उच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि नेपाली क्रिकेट टिमलाई शुभकामना १ राष्ट्र तपाईंहरुको साथमा छ, म तपाईंहरुको साथमा छु ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा मैदानमा युएईले टस जितेर ब्याटिङ रोजेपछि नेपाल बलिङ गर्ने तयारीमा छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।