कांग्रेस सांसद बजगाईले गरे किसानलाई क्रेड वितरण

२०७९ चैत्र २, बिहीबार १०:१४ बजे

काठमाडौं : गोरखा जिल्ला क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईले आफ्नै निजी खर्चबाट गोरखा क्षेत्र नं १ का चेपाङ्ग बस्तीका हरेक घरधुरीलाई क्रेड वितरण गरेका छन् ।

गण्डकी गाउँपालिका वार्ड न ६ साविक भुम्लिचोक गाविस वार्ड न ८ का चेपाङ्ग बस्तीहरु हुइलिङ्ग, लुप्राङ्ग, क्यान्तुङ्ग, कौदी , हिपलुङ्ग, थुम्का र भन्ज्याङ्ग गाउँका १२१ घर धुरी तथा गण्डकी गाउँपालिका वडा नं ७ साविक घ्याल्चोक गाविस वडा न ६ का ३ घरधुरी किसानलाई प्रति घरपरिवार तीन वटाका दरले १२४ घरधुरीलाई क्रेड वितरण गरेका हुन् ।

उक्त कार्यक्रममा कांग्रेस जिल्ला उपसभापति धिरन थापा, नेका जिल्ला सचिव कृष्ण आले, नेका गण्डकी गापा सभापति होमबहादुर राना, नेका वडा सभापति रामनारायण श्रेष्ठ तथा वडा सचिव मिनबहादुर पुलामीलगायत स्थानीय कृषकहरुको उपस्थितिमा क्रेड वितरण गरिएको सांसद बजगाईको सचिवालयले जानाकारी दिएको छ ।

सो अवसरमा सांसद बजगाईले आफ्नो क्षेत्र विकास र समृद्ध बनाउन कृषि र पर्यटनलाई विशेष प्राथमिकता दिनेसमेत बताएका छन् । किसानको मेहनतले निकै नै भावुक देखिएका उनले कृषकको अनुहार नै रेटिना हुन् भन्दै अब कुटो कोदालोसमेत वितरण गर्ने प्रतिबद्धता जनाएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार