दोस्रो विकेटका लागि नेपाल संघर्षरत

२०७९ चैत्र २, बिहीबार १०:२८ बजे

काठमाडौं : विश्वकप लिग २ को अन्तिम तथा निर्णायक खेलमा यूएईले नेपाल विरुद्ध प्रभावशाली सुरुवात गरेको छ । यूएईका कप्तान तथा ओपनर मुहम्मद वसिमले आक्रामक ब्याटिङ गर्दै नेपाली दर्शकलाई अत्याइरहेका छन् ।

युएईले २.५ ओभरमा १९ रन बनाएपछि नेपाललाई ललित राजवंशीले पहिलो सफलता दिलाएका थिए । उनको धारिलो बलिङमा यूएईका ओपनर आर्यन लाक्रा बोल्ड भए । तर दोस्रो विकेटका लागि यूएईले बलियो पार्टरसीप गरिरहेको छ ।

मोहम्मद वसिम नेपालका लागि टाउको दुखाई बनेका छन् । हिजो पीएनजीविरुद्ध विस्फोटक शतक बनाएका उनी आज पनि त्यही अन्दाजमा खेलिरहेका छन् ।

नेपालले दुईवटा क्याच मिस गर्नु दुर्भाग्यपूर्ण रह्यो । भृत्य अरविन्द र वसिमको क्याच सोमपाल कामीले छुटाएका हुन् । यद्यपि, दुवै क्याच कठिन थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार