प्रचण्डपछि माधव नेपाल त्यसपछि देउवा प्रधानमन्त्री : विमलेन्द्र निधि

२०७९ चैत्र २, बिहीबार ११:४८ बजे

काठमाडौं : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पहिलो चरणमा पुष्पकमल दाहाल प्रचण्ड, दोस्रो चरणमा माधव कुमार नेपाल र तेस्रो चरणमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका छन् । नेपाली कांग्रेस ललितपुर नगर समितिले विहीबार बिहान मंगलबजारमा आयोजना गरेको कार्यक्रममा निधिले निर्वाचन गराउने सरकारको नेतृत्व कांग्रेस सभापति देउवाले गर्ने बताएका हुन् ।

दलहरुबीच भएको सहमति अनुसार गठबन्धनको सरकार पाँच बर्षसम्म कायम रहने उनको भनाइ छ । उनले उपराष्ट्रपति निर्वाचन लगत्तै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने र कांग्रेस सरकारमा जाने पनि बताए । उनले प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिने बताए ।

नेपाली कांग्रेसका पूर्वउपसभापति निधिले कांग्रेसको अग्रसरतामा एमालेसँगको गठबन्धनबाट माओवादी मुक्त भएकोसमेत बताए । त्यससँगै नेपालको राजनीति कोर्ष करेक्सनमा गएको उनको भनाइ छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार