ककपिटमा कफी पिएको आरोपमा दुई पाइलटलाई ड्युटीबाट हटाइयो

२०७९ चैत्र २, बिहीबार १२:३३ बजे

एजेन्सी : एयरलाइन्स कम्पनी स्पाइसजेटले ककपिटमा ककपिटमा कफी र मिठाई खाएको आरोपमा आफ्ना दुई पाइलटलाई ड्युटीबाट हटाएको छ । स्पाइसजेटको विमानको तस्बिर सोसल मिडियामा भाइरल भएपछि यो घटना बाहिर आएको हो, जसमा कप कन्ट्रोल प्यानलमा देखिन्छ ।

मिडिया रिपोर्टमा बताइए अनुसार त्यति बेला विमान ३७ हजार फिटको उचाइमा उडिरहेको थियो । यो तस्बिरलाई लिएर सामाजिक सञ्जालमा आक्रोशको स्थिति छ । एयरलाइन्सलाई चेतावनी दिन नियामक निकायसँग जनताको माग छ ।

स्पाइसजेटले बुधवार यस विषयमा अनुसन्धान गरिरहेको र तस्बिर क्लिक गर्ने पाइलटलाई ड्युटीबाट हटाइएको बताएको छ । कम्पनीका प्रवक्ताले द टाइम्स अफ इन्डिया अखबारसँगको कुराकानीमा अनुसन्धान पूरा भएपछि उपयुक्त अनुसन्धानात्मक कारबाही गरिने जानकारी दिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार