‘मुन्द्रेको कमेडी क्लब’ आजदेखि प्रसारण

२०७९ चैत्र २, बिहीबार १२:५९ बजे

काठमाडाैं : हाँस्य कलाकार जितु नेपालको ‘मुन्द्रेको कमेडी क्लब’ को तेस्रो सिजन आजदेखि प्रसारण हुने भएको छ। कान्तिपुर टेलिभिजनबाट प्रसारण हुन लागेको शोमा पहिलो अतिथि अभिनेता प्रदीप खड्का रहेका छन्।

जितु नेपालले सामाजिक सञ्जालमार्फत शो छायांकनको एक तस्बिर सार्वजनिक गरेका छन्। केही दिनअघि आज प्रसारण हुने एपिसोडको ट्रेलर सार्वजनिक गरिएको थियो।

शोको अध्यक्षमा अभिनेत्री प्रियंका कार्की रहेकी छन् भने निर्देशकमा दिनेश डिसी छन्। त्यस्तै कलाकारहरूमा दमन रूपाखेती, प्रभात लामा, दिनेश काफ्ले र एलिना बाँस्कोटा छन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार