जुम बैठकमा महिला कर्मचारीलाई तानेर अश्लील हर्कत गर्ने डीन निलम्बित (हेर्नुहोस भिडियो)

२०७९ चैत्र २, बिहीबार १३:५० बजे

काठमाडौं : जुम बैठक चलिरहँदा महिला कर्मचारीलाई तानेर अश्लील हर्कत गर्ने चितवन रामपुरको कृषि तथा वन विश्वविद्यालयको कृषि संकायका डीन जयप्रकाश दत्तलाई निलम्बन गरिएको छ । महिला कर्मचारीलाई दुव्र्यवहार गरेको भिडिओ सार्वजनिक भएपछि डीन दत्तलाई आज निलम्बन गरेको कृषि तथा वन विश्वविद्यालयका उपकुलपति पुन्य प्रसाद रेग्मीले बताए ।

आज बसेको बैठकले दत्तलाई निलम्बन गरेको उनले बताए । यस विषयमा छानविन गर्नका छानविन समिति गठन गरिएको छ । उनले भने,‘ हामीले छानविन समिति गठन गरेका छौं । छानविन नसकुन्जेल सम्मका लागि निलम्बन गरेको हो । त्यसपछि छानविन समितिले दिएको प्रतिवेदनपछि थप कारबाही अघि बढाउँछौं ।’ समितिले ४ दिन भित्रमा प्रतिवेदन पेश गर्नेछ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार