२० वर्षपछि विवाह गरे १० हजार पुरस्कार

२०७९ चैत्र २, बिहीबार १४:१७ बजे

कालीकोट : कालीकोटको शुभकालिका गाउँपालिका -७ ले उमेर पुगेर विवाह गर्ने युवायुवतीलाई जनही दश हजार पुरस्कार दिने निर्णय गरेको छ । आजबाट लागु हुनेगरी महिलाको हकमा २० वर्ष पूरा गरेर विवाह गरेको पाइएमा ती महिलालाई दश हजार पुरस्कार दिने घोषणा गरेको हो ।

समाजमा बढिरहेको बालविवाहलाई रोक्न अबदेखि उक्त वडाका कसैले विवाह गरेमा वडा सरकारको सिफारिस लिनुपर्ने पालिकाले जनाएको छ । वडा नं. ७ का वडा अध्यक्ष प्रेमबहादुर शाहीद्वारा हस्ताक्षरित सूचनामा आज चैत १ गतेदेखि लागु हुनेगरी विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरिएको जानकारी दिनुभयो । बालविवाह रोक्न यो नीति लिइएको पत्रमा उल्लेख छ ।

किर्डाक नेपाल कालीकोटका केस वर्केर जगत भट्टराईले अबदेखि वडाका कुनै पनि महिला र पुरुषले अन्य कुनै वडा वा जिल्लाबाट विवाह गर्नुपरेमा उमेर खुलेको प्रमाणपत्र लिएर वडाबाट सिफारिस अनिवार्य लिनुपर्ने नियम बनेको बताउनुभयो । कसैले सिफारिस नलिई विवाह गरेमा वडाबाट प्रदान गरिने सबै सेवा सुविधा बन्द गर्ने र उमेर नपुगेको पाइएमा कानुनअनुसार कारबाहीका लागि वडाले निर्णय गर्ने भट्टराईले सुनाउनुभयो ।

यसभन्दा अघि शुभकालीका गाउँपालिका वडा –४ ले पनि वडाको सिफारिसबिना विवाह गर्न नपाइने र गरिहालेमा केही सेवाबाट वञ्चित गर्ने निर्णय गरेको थियो । गोरखापत्रले उल्लेख गरेको छ। रासस

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार