
काठमाडौँ : नेपाल एयरलाइन्सले बेस्ट नेशनल एयरलाइन्स २०२२ को अवार्ड पाएको छ। ग्लोबल एक्रिडिएसन काउन्सिले भोटिङ र निर्णायमण्डलको निर्णयको आधारमा अवार्ड प्रदान गरेको हो।
बेस्ट सर्भिस प्रोभाइडर फर एभिएसन अवार्ड नेपाल एयरलाइन्स ग्राउन्ड ह्यान्डलिङको अवार्ड समेत पाएको छ। त्यस्तै बेस्ट एयरलाइन्स अफ द इअरको हाइब्रिड तथा एलसीसी अवार्ड हिमालय एयरलाइन्सले पाएको छ।
निर्णायक मण्डलको भूमिका नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष शेखर गोल्छा, होटल द्वारिकाज्का अध्यक्ष अम्बिका श्रेष्ठ, हानकी अध्यक्ष सिर्जना राणा, स्कल क्लब अफ काठमाडौंका अध्यक्ष प्रविणबहादुर पाण्डे, नाटाका पूर्व अध्यक्ष सिएन पाण्डे, पाटा नेपाल च्याप्टरका विभूतिचन्द ठाकुर, सिजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरी र एनआरएनएका पूर्वअध्यक्ष उपेन्द्र महतो लगायत निर्णयक मण्डलमा रहेका थिए।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।