
काठमाडौं : शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से सूचक आज ५.३२ अंकले घटेर १९३३ विन्दु्मा कायम भएको छ ।
सूचीकृत २५८ कम्पनीको ३४ लाख २ हजार २६७ कित्ता शेयर खरिदबिक्री हुँदा एक अर्ब १४ करोड १४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ४ वटा उपसूचकमा हरियाली छाएको छ भने बाँकी ९ वटा उपसूचकम राताम्य रहेका छन् । सर्वाधिक आज ब्यापार उपसूचक १.४१ प्रतिशतले बढेको छ भने सर्वााधिक माइक्रोफाइनान्स इन्डेक्स ०.९० प्रतिशतले घटेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।