जनताका माझ अझै लोकप्रिय बन्दै सुमन पाण्डे

२०७९ माघ ३, मंगलवार १०:१७ बजे

काठमाण्डौं : मंसिर ४ मा सम्पन्न निर्वाचनामा नुवाकोट क्षेत्र नं. २ को राष्ट्रिय स्वतन्त्र पार्टिको तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारको रुपमा उम्मेदवारी दिई सोह्र हजार चार सय सतहत्तर मत ल्याई दोस्रो स्थान हासिल गरेका पाण्डे एक सफल पर्यटन व्यवसायी हुन् ।

प्राय उम्मेदवारहरु निर्वाचनमा पराजय पश्चात आफ्नो काम तर्फ व्यस्त भई जनताको जनसरोकारका बिषयमा खासै चासो राख्दैनन् तर सुमन पाण्डे भने निर्वाचन सम्पन्न पश्चात बिभिन्न कार्यक्रम तथा मतदाता एवं शुभेच्छुक भेट्ने शिलशिलामा सात पटक भन्दा बढी नुवाकोटको भ्रमण गरी सकेका छन् ।

गत पौष १७ गतेका दिन नुवाकोटका बिभिन्न सरकारी नियकायमा आफै भ्रमण गरी जनताको बिभिन्न समस्याहरुको प्रश्न लिई सरोकारवाला निकाय संग पुगेका पाण्डे निकै सक्रियताका साथ आगामी दिनहरुमा जनताको जनजिविका र जनसरोकारका बिषयमा झक्झकाउने काम गरिरहेने बताएका छन् । उनले भ्रमणको क्रममा जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र नुवाकोट, शिक्षा समन्वय ईकाइ, कृषि सामाग्री कम्पन्नी र डिभिजन सडक कार्यालयमा गई जनताले भोगिरहेको बिबिध समस्याहरुको समाधान तर्फ ध्यानार्षण गराएका थिए । उक्त कार्यलयहरु भ्रमणबाट नुवाकोटको सम्बन्धित क्षेत्रसँगको जनताले पाएका सास्ती, जनताको चासो गुनासोको समाधान र समसामयिक बिषय बस्तुमा तथ्यांक सङ्कलन केन्द्रित रहेर छलफल गरीएको जानकारी सुमन पाण्डेले दिए।


आगामी दिनहरुमा जनताको सकारात्मक साझा र महत्वका सवालमा मेरो निरन्तर सहभागिता रहने कुराको समेत जानकारी पाण्डेले दिए ।

पहिलो चरण्मा बेलकोटगढीका केही वडाहरुका मतदाता भेटघाट कार्यक्रम पनि सम्पन्न गरेका पाण्डेले अन्य धेरै वडाहरु बाँकी छ त्यो वडाहरुको भ्रमण चाडै नै गरी आम मतदाताहरुलाई मैले धन्यबाद दिई उहाँहरुको समस्याहरु सुनी सम्बन्धित सरोकारवाला निकायसँग पुग्ने मेरो पहिलो प्राथमिकता रहेको कुरा पाण्डेले बताए ।

त्यसै गरी पृथ्वी जयन्तीको अवसरमा नुवाकोटमा आयोजित कार्यक्रममा समेत सहभागी भई तेक्वान्दो खेलाडीहरुको पुरस्कार वितरण कार्यक्रममा समेत सहभागी भई नुवाकोटमा पाण्डेले सक्रियता बढाएका हुन ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार