प्रत्यक्ष निर्वाचित सांसदलाई मात्रै एमालेले मन्त्री बनाउने

२०७९ माघ ३, मंगलवार १०:३१ बजे

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद विस्तार गर्दैछन्। नयाँ मन्त्रीको सपथ ग्रहण कार्यक्रम आजै दिउँसो एक बजेलाई राखिएको छ। सोमबार बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले सत्ता साझेदार दलले पाउने मन्त्रालयको टुंगो लगाएको थियो। जस अनुसार नेकपा एमालेले आठ मन्त्रालय पाउने तय भएको छ। यसअघि नै एमालेले एक उपप्रधानमन्त्रीसहित चार जनालाई सरकारमा सहभागी गराइसकेको छ। अब चार जना मन्त्रीले आज सपथ लिँदै छन्।

एमालेले लगातार दुई पटक चुनाव जितेका र यसअघि अवसर नपाएकालाई मन्त्री बनाउने नीति लिएको छ। साथै यसले पहिलो चरणमा प्रत्यक्ष निर्वाचित सांसदलाई मात्रै मन्त्री बनाउने भएको छ। एमाले उच्च स्रोतका अनुसार आज कास्की-२ बाट चुनाव जितेकी विद्या भट्टराई, पर्वतबाट चुनाव जितेका पदम गिरी, झापा-२ बाट चुनाव जितेका देवराज घिमिरे, रुपन्देही-१ बाट चुनाव जितेका छविलाल विश्वकर्मा र लमजुङबाट चुनाव जतेका पृथ्वी सुब्बा गुरुङ मन्त्री बन्ने संभावना छ। यद्यपी घिमिरे, गुरुङ र विश्वकर्मा सभामुखमा आकांक्षी हुन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार