तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने

२०७९ माघ ३, मंगलवार ११:०६ बजे

काठमाडौं : रास्वपाकी सांसद तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने भएकी छिन् । रास्वपाले विज्ञताका आधारमा मन्त्री बनाउने नीति अनुसार तोसिमालाई स्वास्थ्य मन्त्रालयमा पठाइएको हो ।

कार्की मेडिकल डाक्टर हुन् । उनी मेडिकल डाक्टरहरूको नियामक निकाय नेपाल मेडिकल काउन्सिलकी सदस्य पनि रहिसकेकी छिन् ।

यस्तै श्रममन्त्रीमा डोलप्रसाद अर्याल र शिक्षामन्त्रीमा शिशिर खनाललाई पठाइने निर्णय गरेको हो। समानुपातिक सांसद अर्याल रास्वपाका उपसभापति समेत हुन् भने खनाल काठमाडौं ६ बाट निर्वाचित सांसद हुन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार