राप्रपाले दिपक सिंहलाई ऊर्जा राज्यमन्त्री बनाउने

२०७९ माघ ३, मंगलवार ११:२९ बजे

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दिपक सिंहलाई ऊर्जा राज्यमन्त्री बनाउने भएको छ । राप्रपाबाट पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जा मन्त्री बन्ने भएका छन् । पार्टीका उपाध्यक्षद्वय विक्रम पाण्डेले सहरी विकास मन्त्रीको जिम्मेवारी पाउँदा ध्रुवबहादुर प्रधानले कानुन मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

सिंहले क्याबिनेट मन्त्री बन्ने चाहना राखे पनि पार्टी अध्यक्ष लिङ्देनले सिंहलाई आफू मातहत राखेर ऊर्जा राज्यमन्त्री बनाउने भएका हुन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार