ननिकालेसम्म लिभरपुल छाड्दिनँ : लिभरपुलका प्रशिक्षक

२०७९ माघ ३, मंगलवार ११:४१ बजे

काठमाडौं : इंग्लिस क्लब लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले लिभरपुलले ननिकालेसम्म क्लब नछाड्ने बताएका छन् । साथै उनले आउँदो समरमा क्लबमा परिवर्तन हुने संकेत पनि गरेका छन् ।

‘या त प्रशिक्षकको स्थिति परिवर्तन हुन्छ, या त अरु धेरै कुरा परिवर्तन हुनेछ,’ जर्मन प्रशिक्षक क्लोपले भने । १८ खेल खेलेको लिभरपुल प्रियिमर लिगमा नवौं स्थानमा छ र चौथो स्थानमा रहेको म्यानचेष्टर युनाइटेडको भन्दा उसको १० अंक कम छ ।

लिभरपुलको प्रदर्शनप्रति आफू चिन्तित रहेको बताउने क्लोपले भने, ‘कसैले मलाई केही नभनेसम्म म जाने छैन ।’ क्लोप सन् २०१५ देखि लिभरपुलमा प्रशिक्षक छन् । सन् २०१९–२० को सिजनमा क्लबलाई प्रिमियर लिगको उपाधि जिताएका उनले सन् २०१८–१९ मा च्याम्पियन्स लिग उपाधि उचालेका थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार