नवनियुक्त मन्त्रीहरूले शपथ लिए

२०७९ माघ ३, मंगलवार १३:३८ बजे

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो मन्त्रिपरिषद् विस्तार गरेका छन् । सत्तारुढ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट १५ जना नयाँ मन्त्रीहरू थपिएका हुन् ।

नयाँ मन्त्रीहरूले राष्ट्रपति कार्यालयमा मंगलबार दिउँसो पद तथा गोपनियताको शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाएकी थिइन् भने राज्यमन्त्रीहरूलाई प्रधानमन्त्री प्रचण्डले शपथ खुवाएका थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार