वर्षमानको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री दाहाल अस्पतालमा

२०७९ माघ ३, मंगलवार १४:५४ बजे

काठमाडौं : प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेता वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न ललितपुरको सुमेरु अस्पताल पुगेका छन् ।

मंगलबार प्रचण्ड नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहेका पुनको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका हुन् । पुनको स्वास्थ्यमा समस्या आएपछि केही दिनयता अस्पताल भर्ना भएर उपचाररत छन् । पूर्वमन्त्री समेत रहेका पुन जटिल प्रकारको जण्डिस रोगबाट पीडित छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार