
काठमाडाैं : बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन समस्यामा परेकी छन्।
भारतीय सञ्चार माध्यमका अनुसार कर नतिरेको भन्दै उनलाई नासिकको सिन्नर राजश्व विभागले नोटिस पठाएको छ। सिन्नर राजश्व विभागले ऐश्वर्यासँगै अन्य १२ सय घरधनीलाई कर तिर्न नोटिस पठाएको हो। सिन्नरको आडवाडी क्षेत्रमा ऐश्वर्याले पवन चक्की लगाउनको लागि जग्गा किनेकी थिइन्। जसको एक वर्षको कर करिब २२ हजार रुपैयाँ हुन्छ।
सार्वजनिक नोटिसमा ऐश्वर्यालाई मार्चको अन्तिमसम्म कर तिर्न निर्देशन दिएको छ। पछिल्लो समय ऐश्वर्या फिल्म ‘पोन्नियिन सेलवन १’ मा देखिएकी थिइन्। फिल्मलाई मणिरत्नमले निर्देशन गरेका थिए।
फिल्ममा चियान विक्रम, ऐश्वर्या राय बच्चन, जयराम रवि, सरथकुमार, प्रभु, अश्विन काकुमानद, शोविता धुलिपल लगायतको अभिनय छ।
ऐश्वर्याले सन् १९९४ मा मिस वर्ल्डकाे उपाधि जितेकी थिइन्। उनले सन् १९९७ मा तमिल फिल्म ‘इरूवर’ बाट अभिनय यात्रा सुरू गरेकी थिइन्।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।