यो खेलाडी र कलाकारको देश हो, बलात्कार बहाना मात्रै हो : अन्सारी

२०७९ माघ ३, मंगलवार २०:३४ बजे

काठमाडौँ : बालिकामाथि बलात्कार गरेको अभियोगमा अभिनेता पल शाहले अदालतबाट सफाइ पाएपछि राष्ट्रिय मानव अधिकारी आयोगकी पूर्व सदस्य मोहना अन्सारीले असन्तुष्टि जनाएकी छन् । उनले अब न्यायको आशा नगरे हुन्छ भन्दै आक्रोशसमेत व्यक्त गरेका हुन् ।

सामाजिक सञ्जालमा अन्सारीले लेखेकी छन्,‘न्यायको आशा नगरे हुन्छ । राष्ट्रिय अन्तर्राष्ट्रिय ख्याति कमाएका र देशको नाम उच्च राख्ने खेलाडी र कलाकारको देश हो । बलात्कार त बहाना मात्रै हो ।’

शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले शाहलाई सफाइ दिएको हो । बलात्कारको अभियोगमा दाबी नपुगेकाले सफाइ दिएको जिल्ला अदालत तनहुँका श्रेस्तेदार मीनबहादुर कुँवरले बताएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार