
काठमाडौँ : ग्लोबल बक्स अफिसमा डिस्नेको ‘अवतार : द वे अफ वाटर’ चलचित्रले दुई अर्ब अमेरिकी डलर आम्दानी कटाएको छ।
योसँगै उक्त फिल्म २ अर्ब डलर कमाउने जेम्स क्यामरुनको तेस्रो चलचित्र समेत बनेको छ। हालसम्म मात्र पाँचवटा चलचित्रले यस्तो कोशेढुंगा पार गरेका छन्। तिनमा अवतार, एभेन्जर्स ः एन्डगेम, क्यामरुनको टाइटानिक, स्टारवार्स : द फोर्स अवेकन्स र एभेन्जर्स : इन्फिनिटी वार छन्।
आइतबारसम्म अवतार २ ले घरेलु टिकट बिक्रीबाट ५९ करोड ८० लाख डलर र विदेशी बजारबाट १ अर्ब ४२ करोड ६० लाख डलर संकलन गरिसकेको छ।
उच्च कमाउने अवतार छैठौँ चलचित्र बनेको छ। हाल यो चलचित्र सिनेमामा प्रदर्शन भइरहेको छ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।