फ्रन्टलाइन वर्कर बनिन् अभिनेत्री ऋचा चड्डा

२०७९ माघ १०, मंगलवार १०:५७ बजे

मुम्बई : उत्कृष्ट अभिनेत्रीका रुपमा पहिचान बनाएकी अभिनेत्री ऋचा चड्डा जी स्टुडियोको व्यानरमा निर्माण हुन लागेको एक बेनामे फिल्ममा फ्रन्टलाइन वर्करको भूमिकामा अभिनय गर्ने भएकी छन् ।

फिल्ममा कोभिड महामारीको दोस्रो लहरमा फ्रन्टलाइन वर्करले कसरी काम गरे भन्ने विषय देखाइनेछ । जहाँ ऋचा प्रमुख भूमिकामा देखिनेछिन् ।

‘यो त्यो वास्तविक घटनामा आधारित छ, जहाँ हामी सबैले कोभिडको दोस्रो लहरमा देखेका थियौं । जहाँ नोक्सान र निराशा थियो, त्यहाँ आशा पनि थियो । फिल्मले महामारीको दौरान हाम्रो पूरा जीवनमा एक नजर लगाउनेछ । जहाँ हामी मानव हुन डराउँथ्यौं । किनकी हामीले दुरी बढाईरहेका थियौं । यो फिल्मले ती नर्स र डाक्टरको कुरा गर्नेछ, जसले निस्वार्थ भावले आफ्नो काम गरेका थिए । म यस्तै एक नर्सको भूमिकाका लागि सम्मानित महसुस गरिरहेको छु’, उनले भनेकी छन् ।

फिल्मको निर्देशन अभिषेक आचार्यले गरेका छन् । ऋचाले ‘गल्र्स विल बी गर्ल्स’को सुटिङ पनि पुरा गरेकी छन् । यो उनको होम प्रोडक्सनको पहिलो फिल्म हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार