
काठमाडौं : साताको तेस्रो दिन मंगलबजार शेयरबजार झिनो अंकले बढेको छ । शेयरबजार खुलेको केही समयसम्म दोहोरो अंकले घटेको नेप्से सूचक मार्केट क्लोज हुँदासम्म ८.१४ अंकले बढेर २१७३ विन्दुमा पुगेको छ ।
शेयरबजार बढेसँगै आज शेयरबजारमा ३ अर्बमाथिको कारोबार भएको छ । सर्वाधिक नेपाल टेलिकमको १२ करोड ९१ लाख रुपैयाँमाथिको कारोबार भएको छ।
त्यस्तै, शिव श्री हाइड्रोपावरको १० करोड ४१ लाख, अपि पावरको ९ करोड ३० लाख, अपर तामाकोशीको ९ करोड १६ लाख र एनआइसी एशिया बैंकको ७ करोड ५३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।