शाहरुखले दिए नेपाली दर्शकलाई धन्यवाद

२०७९ माघ १०, मंगलवार २१:१० बजे

काठमाडौँ : बलिउड अभिनेता शाहरुख खानले नेपाली दर्शकलाई धन्यवाद दिएका छन् । नेपालमा फिल्म ‘पठान’ को पहिलो शो सबै एडभान्स बुकिङ भएपछि उनले नेपाली दर्शकलाई सामाजिक सञ्जाल मार्फत धन्यवाद दिएका हुन् ।

शाहरुखको ‘पठान’ फ्यान माझ प्रतीक्षित फिल्म हो । फिल्मको पहिलो गीत ‘बेशरम रंग’ रिलिज हुनासाथ गीत र दीपिका पादुकोणको भगवा बिकिनी लुकले विवाद र चर्चामा रहेको यो फिल्म २५ जनवरी अर्थात भोलिदेखि रिलिज हुँदैछ ।

फिल्ममा शाहरुखको लुक्स निकै अलग रूपमा देखाइएको छ । उनी लामो कपालमा निकै ‘कुल’ देखिएका छन् । यो फिल्मकै लागि शाहरुखले कैयौं महिनासम्म कपाल नै काटेका थिएनन् । फिल्ममा दर्शकले अभिनेत्री दीपिका पादुकोणको दमदार एक्सन समेत देख्न सक्नेछन् । फिल्ममा शाहरुखको भन्दा बढी एक्सन दीपिकाको रहेको बताइएको छ ।

‘पठान’ हिन्दीका साथै तमिल र तेलुगु भाषामा रिलिज हुँदैछ । फिल्म हिन्दीमा करिब ४५०० स्क्रिनमा रिलिज हुनेछ, भने तमिल र तेलुगु स्क्रिनसहित करिब ५००० स्क्रिनमा रिलिज हुनेछ । शाहरुख खान ४ वर्षपछि पठानसँग सिल्वर स्क्रिनमा मुख्य भूमिकामा फर्कँदैछन् ।

उनी पछिल्लो पटक २०१८ को फिल्म ‘जिरो’ मा देखिएका थिए । यो फिल्म बक्स अफिसमा फ्लप साबित भयो । यी ४ वर्षमा उनले ’ब्रह्मास्त्र’, ‘लाल सिंह चड्ढा’ र ‘रकेटरी’ जस्ता फिल्महरूमा क्यामियो गरे । लिडको रूपमा, उनी पठानबाट कमब्याक गर्न लागेका छन् । फिल्मको बजेट करिब २५० करोड रहेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार