साउदी अरेबियाले सन् २०२३ मा दुई लाख श्रीलङ्कालीहरूलाई रोजगारी दिने

२०७९ माघ १०, मंगलवार २१:२५ बजे

कोलम्बो : श्रीलङ्काका श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायकाराले मङ्गलबार साउदी अरेबियाले सन् २०२३ मा दुई लाख श्रीलङ्काली कामदार लैजान इच्छुक रहेको बताएका छन् ।

मन्त्रीले सन् २०२२ मा साउदी अरेबियाले श्रीलङ्काका लागि ५४ हजार रोजगारीको प्रस्ताव गरेको र सन् २०२२ मा तीन लाखभन्दा बढी श्रीलङ्कालीहरू वैदेशिक रोजगारीका लागि गएको र त्यसमा पनि अधिकांश मध्यपूर्वमा गएको बताएका छन् ।

श्रीलङ्काका लागि वैदेशिक राजस्वको मुख्य स्रोत कामदारको रेमिट्यान्स हो। श्रीलङ्काका आप्रवासी कामदारहरूले सन् २०२२ मा करिब ३.८ बिलियन अमेरिकी डलर पठाएको देशको केन्द्रीय बैङ्कको तथ्याङ्कले देखाएको छ। (रासस-सिन्ह्वा)

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार