
काठमाडौँ : नवनियुक्त प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्।
आईजीपीमा बढुवा भएको केही समयपछि बिदा हुन लागेका आईजीपी धिरजप्रताप सिंहसँगै सिंहदरबार पुगेर गृहमन्त्रीकोसमेत जिम्मेवारी सम्हालेका प्रचण्डलाई भेटेका हुन्। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले कुँवरलाई आईजीपी बनाउने निर्णय गरेको हो। आईजीपी धिरजप्रताप सिंह आजै बिदा हुनेछन्।
उनको विदाईसँगै कुँवरले कार्यकाल सम्हाल्नेछन्। कुँवर नेपाल प्रहरीको ३० औँ आईजीपी हुन्। अहिलेकै अवस्थामा उनी २ वर्ष प्रहरी नेतृत्वमा रहनेछन्।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।