
काठमाडौं : मंगलबार संसद भवन नयाँबानेश्वर अगाडि आफ्नो शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ । हिजो दिउँसो करिब ३ बजेको समयमा बानेश्वर चोकमा शरीरमा आगो लगाएर छटपटाउँदै ढलेका उनको उपचारको क्रममा मृत्यु भएको हो ।
आगो लगाएर चिच्याउदै छटपटाइ रहेका आचार्यलाई प्रहरीले तत्काल उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरेको थियो । प्रहरीले मंगलबार बेलुका आचार्य बोलेको बताएको थियो । उपचारका क्रममा उनको अहिले बिहान निधन भएको अस्पतालले जनाएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।