आज अमेरिकी र अष्ट्रेलियन डलर बढ्यो, कुन देशको कति पुग्यो ?

२०७९ माघ ११, बुधबार ०८:२९ बजे

काठमाडौं : नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३० रूपैयाँ ४६ पैसा र बिक्री दर १३१ रूपैयाँ ६ पैसा तथा युरो एकको खरिद दर १४१ रूपैयाँ ७२ पैसा र बिक्री दर १४२ रूपैयाँ ३७ पैसा रहेको छ ।

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ७९ पैसा र बिक्री दर १६१ रूपैयाँ ५२ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४१ रुपैयाँ ५२ पैसा र बिक्री दर १४२ रुपैयाँ १७ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ९१ रुपैयाँ ५६ पैसा र बिक्री दर ९१ रुपैयाँ ९८ पैसा रहेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार