लुम्बिनी प्रदेशका सभामुख घर्तीद्वारा पाटी त्याग

२०७९ माघ १२, बिहीबार १४:३५ बजे

रुपन्देही : लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती (वसन्त) ले आफू सम्बद्ध राजनीतिक दल त्याग गरेका छन् । हालै लुम्बिनी प्रदेशको सभामुखमा निर्विरोध निर्वाचित भएका घर्तीले आफू आबद्ध दल नेकपा (माओवादी केन्द्र) बाट अलग भएको घोषणा गरेका हुन् ।

बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै सभामुख घर्तीले संविधानको धारा १८२ अनुरूप आफू सभामुखमा निर्वाचित भएको र संसदीय व्यवस्थाभित्र तटस्थताको सिद्धान्त अनुरूप आफूले दल त्याग गरेको उल्लेख गरेका छन् । अबदेखि स्वतन्त्र नागरिक भई सभामुखको जिम्मेवारीमा रहेको उनले प्रस्ट पारेका छन् ।

सभामुख घर्ती गत मङ्सिर ४ गतेको निर्वाचनमा पाल्पा क्षेत्र नं. २ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । वि.सं. २०७४ सालमा पनि सोही निर्वाचन क्षेत्रबाट विजयी भएका घर्ती प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक समेत बनेका थिए ।

राजनीतिक रूपमा स्वच्छ छवि बनाएका सभामुख घर्ती यसअघि पाल्पा जिल्ला इन्चार्जको जिम्मेवारी रहेका उनका स्वकीय सचिव दिनेश जिसीले जानकारी दिए । यी सबै जिम्मेवारी उनले त्याग गरेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार